काठमाडौं मेयर कप : पुलिसको रोमाञ्चक जित

काठमाडौं मेयर कपमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशमाथि २ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

पुलिसले लिएको ७३ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले २७.२ ओभरमा सबै विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ रनको योगदान दिए, आदिल खानले १० रन बनाउँदा अन्य कुनै ब्याट्सम्यानले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बागमतीको पारी ध्वस्त बनाउन पुलिसका दिपेन्द्रसिंह ऐरीले ४, ललित राजवंशीले ३, सागर ढकालले २ र रशिद खानले १ विकेट लिए ।

मूलपानी क्रिकेट मैदानको आउट फिल्ड गिलो भएका कारण ३८ ओभरमा झारिएको खेलमा टस जितेर ब्याटिङ रोजेको पुलिस २५.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७२ रनमा समेटिएको थियो । 

उसका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान मञ्जित श्रेष्ठले प्रहार गरेको १५ रन नै पुलिसका लागि सर्वाधिक रनको योगदान बन्न पुग्यो । 



सुनिल धमला, अनिल शाह र दिलीप नाथले समान १०–१० रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसलाई सस्तैमा समेट्न बागमतीका अरियो पौडेलले ४, नन्दन यादवले ३ र सोनु देवकोटाले १ विकेट लिए । २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।



  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १६:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया