'प्रचण्ड दुइटा हुँदैनन् भनेकै थिएँ, विप्लव पनि मेरै बाटोमा आइपुगे'
पार्टीमा स्वागत गर्न आतुर रहेको भनाइ

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई आफ्नो पार्टीमा स्वागत गर्न आतुर रहेको बताएका छन्। शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा आयोजित पार्टी समायोजन तथा प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यसो भनेका हुन्। 

दाहालले विभिन्‍न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी अलग भएको बताए। उनले पार्टी प्रवेश गरेकालाई स्वागत गर्दै फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी जनाए। 

अध्यक्ष दाहालले नेत्रविक्रम चन्द 'विप्लव' पनि आफ्नै बाटोमा आएकोमा खुसी हुँदै उनलाई पार्टीमा स्वागत गर्न प्रतीक्षारत रहेको बताए। ‘विप्लवजी पनि अन्तत: मेरै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ। यस अर्थमा म उहाँलाई पनि धन्यवाद भन्‍न चाहन्छु', उनले भने, 'छिटै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतीक्षारत छु।’

उनले सबैजना आफ्नै लाइनमा आइपुग्ने पनि जिकिर गरे। ‘अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनैपर्छ', उनले भने, 'मैले धेरै पहिले भनेको थिएँ, जतिबेला उहाँ मबाट अलग्गिनुभयो। एउटा दिन आउनेछ, जुन दिन तपाई यहाँ हुनुहुनेछ भनेकै थिएँ।’ 

उनले सम्बोधनका क्रममा एउटा कालखण्डमा एउटै मात्र प्रचण्ड हुने दाबी गरे। दुई पात्र एकैचोटी नहुने उनले बताए। ‘एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुँदैन भनेकै थिएँ', उनले भने, 'अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो।’





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १८:९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया