काठमाडौं : नेपालको पाटनबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ।
अमेरिकी राजधानी वासिङटनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा फेडरल ब्युरो अफ इन्भेस्टिगेशनका सहायक निर्देशक टिमोटी एम डनह्यामले ललितपुरको पाटनबाट चोरी भएको मूर्ति नेपाली राजदूत युवराज खतिवडालाई हस्तान्तरण गरे।
उक्त मूर्ति सन् १९९० देखि अमेरिकाको डल्लास म्युजियम अफ आर्ट्समा प्रदर्शनमा राखिएको थियो। राजदूत खतिवडाले नेपालबाट चोरिएको मूर्ति फिर्ता गर्न अमेरिकी सरकारले दिएको सहयोगप्रति आभार व्यक्त गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।