रघुजी पन्तविरुद्ध उजुरी दिँदै कोमल वली
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपाको प्रचण्ड-माधव समूहका नेता रघुजी पन्तविरुद्ध उजुरी दिने भएकी छन् । 

नेतृ वलीले नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिन लागेकी हुन् । नेता पन्त आफूविरुद्ध सार्वजनिक मञ्चबाटै गाली बेइज्जतमा उत्रिएकामा वलीले उजुरी दिन लागेकी हुन् । 

वलीले आफ्ना कानुन व्यवसायीहरुसँगको सल्लाहपछि पर्सी मंगलबार प्रहरीमा उजुरी  दर्ता गर्ने तयारी गरेको स्रोतले बताएको छ । उनले मंगलबार बिहान प्रहरीमा गएर उजुरी दिने तयारी गरेकी छन् । 

यसअघि फागुन १५ गते एउटा कार्यक्रममा सम्बोधन गर्दै नेता पन्तले वलीमाथि प्रश्न उठाएका थिए । भाषण गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले केही महिला लागेको भन्दै उनले आफ्ना कुरा सुरु गरेका थिए ।



कोमल वलीले साडी सारेर पिँडुला देखाएपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको रघुजी पन्तले बताएका थिए । 



  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार ९:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया