गृहमन्त्री राम बहादुर थापाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गृहमन्त्री थापाले सशस्त्र प्रहरी अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु भएको छ । दोस्रो चरणको अभियानमा ६ हजार खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज खोप लगाउँदैछन् ।
आजदेखि ६५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने मन्त्रालयको तयारी छ । पहिलो चरणको अभियानमा छुटेकाहरुले पनि यो चरणमा ६५ वर्षमाथिका सँगै खोप लगाउन पाउनेछन् ।
दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालक लगायतलाई खोप दिने यसअघि घोषणा गरिएपनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो ।
तर, हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई यही चरणमा खोप दिइने छ । यसअघि गत माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान चलाइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।