पर्यटन भिषाका लागि यी कागज आवश्यक (सूचीसहित)

नेपाल पर्यटन बोर्डले पर्यटन भिसाका लागि विभिन्न ७ थान कागज अनिवार्य गरेको छ । भिषा सिफारिस सम्बन्धमा सूचना जारी गर्दै बोर्डले विभिन्न कागज माग गरेको हो । 

भिषा सिफारिस गर्नका लागि यसअघि नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)ले मात्रै सिफारिस गर्नसक्ने अवस्था रहेकामा अब सबै सम्बन्धित संस्थाहरुले भिषा अनुमतिपत्रका लागि बोर्डमा पेस गर्नसक्ने भएका हुन् । 

जसका लागि बोर्डले आवश्यक कागजातहरुको सूची सार्वजनिक गरेको छ । बोर्डले पर्यटनका क्षेत्रहरु क्रमशः खुल्ला हुँदै गइरहेको हुँदा पर्यटन गतिविधिमा संलग्न संस्थाहरूबाट भिषाका लागि पेस गर्नुपर्ने सूची सार्वजनिक गरेको हो । 

बोर्डले सम्बन्धित संस्थाले पर्यटकको नाम, पासपोर्ट नम्बरसहित आवश्यक सबै कागजात संलग्न रहेको भनी प्रमाणित गरेको सिफरिस पत्र, पर्यटकको पासपोर्टको प्रतिलिपि, नेपाल भ्रमण तालिकालाई अनुमति सिफारिसका लागि पेस गर्न अनिवार्य गरेको छ । 

यस्तै पर्यटकले कम्तीमा पाँच दिन होटल क्वारेन्टाइनमा रहने गरी बुकिङ गरेको खुल्ने कागजातको प्रतिलिपि, अन्तर्राष्ट्रिय हवाई टिकटको विवरण, ट्राभल इन्स्योरेन्स, सम्बन्धित कम्पनीको दर्ता प्रमाण पत्रको प्रतिलिपि र कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेको हो । 

कर चुक्ताको प्रमाणपत्र कम्तिमा आर्थिक वर्ष ०७५/०७६ सम्मको, त्यो नभएमा आ.व. ०७६/०७७ सम्मको म्याद थपको स्वीकृति पत्र पेस गर्नुपर्ने बोर्डले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १०:५८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया