ला लिगाअन्तर्गत आज सहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिड र रियल मड्रिड भिड्दैछन् । खेल एथ्लेटिको मड्रिडको घरेलु मैदानमा नेपाली समयअनुसार राति ९ बजे हुनेछ ।
सन् २०१३/१४ को सिजनपछि उपाधि जित्ने अभियानमा रहेको एथ्लेटिको आज घरेलु मैदानको फाइदा उठाउँदै शीर्ष स्थानमा दूरी बढाउने दाउमा हुनेछ । आजको जितले उसलाई उपाधि होडमा अझ बलियो बनाउने छ ।
रियल पनि आजको खेलमा जित निकाल्दै उपाधि होड कायम राख्ने प्रयासमा हुनेछ । रियलले आज जित दर्ता गरेमा उपाधि होड खुला रहने छ ।
लिगमा हाल एथ्लेटिको २४ खेलबाट ५८ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोड्दा तेस्रो स्थानको रियल मड्रिडले २५ खेलबाट ५३ अंक जोडेको छ ।
ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिड १६७ पटक आमनेसामने भएका छन् । जसमा रियलले ८९ र एथ्लेटिको ३९ खेलमा विजयी हुँदा ३९ खेल बराबरीमा सकिएको छ ।
लिगको पछिल्ला पाँच खेललाई हेर्दा पनि रियल एथ्लेटिको माथि हावी भएको देखिन्छ । यी दुईबीचको पछिल्ला पाँच प्रतिस्पर्धामा रियल ३ खेलमा विजयी हुँदा २ खेल बराबरीमा सकिएको छ ।
यो सिजनको पहिलो मड्रिड डर्बीमा रियलले घरेलु मैदानमा २-० जित दर्ता गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।