कबड्डी-४ ले असोज १५ लाई तोक्यो रिलिज डेट

नेपाली कथनक चलचित्र ‘कबड्डी-४’ले रिलिज डेट तोकेको छ । केहीदिनअघि मात्रै निर्माणको औपचारिक घोषणा गरेको चलचित्र २०७८ सालको असोज १५ मा रिलिज हुने भएको हो । निर्माण टिमले असोज १५ लाई रिलिज डेट लक गरेको छ ।

पहिलो सिरिजबाटै दर्शकको राम्रो प्रतिकृया पाएको कबड्डीको यो अन्तिम सिरिज हुने निर्देशक रामबाबु गुरुङले बताएका छन् । बाँसुरी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा निर्देशक गुरुङ स्वयंले लेखेका छन् ।

पछिल्लो समय धुर्मुस–सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ निर्देशन गरेका गुरुङले अन्य चलचित्रको स्क्रिप्टमा पनि काम गरिरहेका छन् । तर, अन्य चलचित्रलाई पछाडि सारेर ‘कबड्डी–४’ को काममा लागेका छन् ।





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार ११:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया