संसद सचिवालयको प्रष्टोक्ति : संसदमा नेकपा भनेकै सत्तापक्ष हो

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसदले नेकपालाई सत्तापक्षको रुपमा चिनेको र चिन्ने बताएका छन् । सचिवालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले यस्तो बताएका हुन् । 

संसद बैठकको तयारी पूरा भएको विषयमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले नेकपा अहिलेको सत्तापक्ष भएकाले उनीहरुका लागि एउटै लाइनमा बस्ने व्यवस्था मिलाएको बताए । 

प्रवक्ता पाण्डेले कानुनअनुसार सत्तारुढ दल नेकपा एउटै भएको भन्ने बुझ्ने भएकाले संसदले पार्टी फुटेको अवस्थाबाहेक दलमा देखिएको विवादलाई आधार मानेर निर्णय नहुने बताए । 

नेकपाको प्रचण्ड-माधव समूहले आफूहरु आधिकारिक भएको भन्दै प्रवक्ता पाण्डेले पत्र पठाए पनि अहिलेसम्मको व्यवस्था पार्टीको पुरानै अवस्थाका आधारमा गरिएको र ती पत्रहरुमाथि कुनैपनि कानुनी आधारमा काम कारबाही नभएको बताए । 

कार्यव्यवस्था समितिमा विगतमा रहेका १७ जना नै रहने भएकाले समितिमा विवाद नरहेको बताए । सभामुख अग्निप्रसाद सापकोटाले थप सदस्यहरुलाई आमन्त्रण गर्नसक्ने व्यवस्था भएकाले यसमा सभामुखको अधिकारको कुरा भएको उनले बताए । 





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १३:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया