संसद सचिवालयको स्पष्टीकरण : नेकपा प्रमुख सचेतक विशाल भट्टराई, सुविधा दिइसक्यौँ

काठमाडौं : संघीय संसद् सचिवालयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख सचेतक विशाल भट्टराई नै भएको जनाएको छ। संसद्का प्रवक्ता रोजनाथ पाण्डेले भट्टराईलाई प्रमुख सचेतकका रूपमा गाडी र कार्यालयको व्यवस्थापन गरिसकेको जानकारी आइतवार दिएका हुन्। 

नेकपा संसदीय दलका नेता केपी ओलीले फागुन १४ मा दाहाल-नेपाल पक्षमा लागेका देव गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका थिए।

 तर पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहले गुरुङ नै प्रमुख सचेतक भएको भन्दै सचिवालयलाई पत्र पठाएको थियो। दाहाल-नेपालको उक्त पत्र सचिवालयमा विचाराधीन अवस्थामा रहेको पाण्डेले बताएका छन्। 

पाण्डेले नेकपामा भइरहेका एकपासमाथिका कारबाही र अन्य पत्राचारलाई मान्यता दिने नदिने अधिकार सचिवालयलाई नरहेको पनि बताए। उनले दल विभाजनको निरूपण  निर्वाचन आयोगले गर्नुपर्ने बताए।

तर सभामुख अग्नि सापकोटाले भने प्रमुख सचेतकमा नियुक्त भट्टराईलाई मान्यता दिन अस्वीकार गर्दै भेट्न पनि मानेका छैनन्। सभामुख सापकोटाले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै दाहाल-नेपाललाई साथ दिइरहेका छन्। 





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १३:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया