कांग्रेस नेता सिटौलाद्धारा आफू निकट सांसदसँग छलफल

प्रतिनिधिसभा पुनःस्थापना भएर पहिलो बैठक बस्नै लाग्दा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू निकट सांसदहरुसँग छलफल गरेका छन् ।

प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको बताइएको छ । सिटौला आफू सांसद नभए पनि कांग्रेस महाधिवेशनमा सभापतिका उम्मेदवार थिए । 

कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौलाले आफू निकट सांसदहरु गगन थापा, भीमसेन प्रधान, उमाकान्त चौधरीलगायतका सांसदसँग अनौपचारिक छलफल गरेका हुन् । 

सिटौलाका स्वकिय सचिव किरण सिटौलाले सांसदहरुसँग नेताको सिटौलाको भेटघाट नितान्त अनौपचारिक भएको बताए ।

५ पुषमा प्रतिनिधिसभा विघटन भएपछि संसद् पुनःस्थापनाको पक्षमा जोड दिएका सिटौला पक्षका सांसद संसद् पुनःस्थापनापछि तत्काल कांग्रेस सरकारमा जान नहुने पक्षमा अडान लिँदै आएका छन् । 





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १३:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया