२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

प्रचण्डलाई संसदीय दलको नेता बनाएको पत्र महासचिवलाई, दर्ता गर्न अस्वीकार

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सकिएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठक बसेको थियो । प्रचण्डलाई नेकपाको संसदीय दलको नेता चयन गरेको जानकारी संसद सचिवालयलाई गराउने निर्णय बैठकमा भएको प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले बताइन् । 

प्रचण्ड–माधव समूहको यही फागुन २१ गतेको बसेको संसदीय दलको बैठकले प्रचण्डलाई नेता चुनेको थियो। 



 प्रचण्ड नै  दलको आधिकारिक नेता भएको निर्णयसहितका पत्र  बुझाउन  नेकपा अध्यक्षद्वय प्रचण्ड, माधव नेपाल सहितका नेताहरू संघीय संसदका महासचिव डा. भरतराज गौतमको कार्यकक्षमा पुगेका छन् । महासचिव गौतमले २१ गतेकाे निर्यणअनुसारको पत्र  संसद सचिवालयमा दर्ता गर्न अस्वीकार गरेका छन् । 



प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा संसदीय दलमा बहुमत रहेको दावी गरेको छ । ओली समूहले पनि संसदीय दलमा आफ्नै पक्षमा बहुमत भएको दावी गरिरहेको छ । 

 



  • प्रकाशित मिति : २३ फागुन, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया