प्रधानमन्त्री कप महिला भलिबल : एपिएफको लगातार दोस्रो जित

सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।

नेपालगञ्ज रंगशालाको कभर्ड हलमा आइतबारको खेलमा एपिएफले स्थानीय टोली लुम्बिनी युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको हो ।

एकतर्फी बनेको खेलमा एपिएफले पहिलो सेट २५–८, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–८ ले आफ्नो पक्षमा पार्‍यो । 

एपिएफले पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दा लुम्बिनी पहिलो खेलमा आर्मी र दोस्रो खेलमा पुलिससँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १४:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया