प्रचण्ड-माधवको निर्णय दर्ता गर्न नमानेपछि संसद सचिवालयमा तनाव, पसिनाले भिजेर निस्किए महासचिव

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहको संसदीय दलको निर्णय संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ । 

संघीय संसदका महासचिव डा.भरतराज गौतमले निर्णयले दर्ता गर्न अस्वीकार गरेपछि सांसदहरुले कड्किँदै दर्ता नगर्न नमिल्ने कारणबारे प्रश्न गरिरहेका छन्। 

महासचिव गौतमले केही कानुनी परामर्शपछि मात्रै दर्ता गर्न सकिने जवाफ दिइरहेका छन् । संसद सचिवालयमा चर्काचर्की हुन थालेपछि प्रहरीको आएका छन्। 

प्रचण्ड–माधव समूहका सांसद कडा रुपमा प्रस्तुत भएपछि महासचिव गौतम छलफल गर्छु भन्दै आफ्नो कार्यकक्षबाट निस्किएर सचिव ध्रुबप्रसाद घिमिरेको कार्यकक्षमा छिरेका छन् । 

उनी पसिनै पसिना भएर कार्यकक्षबाट बाहिरिएका थिए । 



आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठक बसेको थियो । यो बैठकपछि २१ गतेको संसदीय दलको बैठकले प्रचण्डलाई नेकपाको संसदीय दलको नेता चयन गरेको जानकारीसहितको पत्र लिएर नेकपा अध्यक्षद्वय प्रचण्ड, माधव नेपाल सहितका नेताहरू संघीय संसदका महासचिव डा। भरतराज गौतमको कार्यकक्षमा पुगेका थिए।



  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १४:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया