आइपिएलको उद्घाटन खेलमा मुम्बई र बैंग्लोर भिड्ने

विश्वकै चर्चित टि–२० फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइतबार सन् २०२१ को आइपिएल खेल तालिका सार्वजनिक गरेको हो । यसपटकको आइपिएल अप्रिल ९ देखि मे ३० सम्म भारतका ६ सहरमा आयोजना गरिनेछ ।

कोरोना भइरसका कारण यसपटकको आइपिएल बैंग्लोर, मुम्बई, चेन्नई, दिल्ली, कोलकत्ता र अहमेदाबादमा मात्र हुने भएको हो ।

तालिका अनुसार अप्रिल ९ हुने उद्घाटन खेलमा साविकको बिजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्नेछ ।

अहमेदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा आइपिएलका प्ले अफ र फाइनल खेल हुनेछ । 

प्ले अफका खेलहरू मे २५, २६ र २८ मा हुनेछ भने फाइनल खेल मे ३० मा हुनेछ । 



कोरोना महामारीका कारण अघिल्लो संस्करण संयुक्त अरब इमिरेट्स (युएई) मा  भएको थियो । यसपटक विशेष स्वास्थ्य सावधानी अपनाएर भारतमै आइपिएल आयोजना गर्ने निर्णय बिसिसिआईले गरेको हो । 

यसपटक पनि प्रतियोगिता बन्द रंगशालाभित्र हुने बिसिसिआईले जनाएको छ ।



  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १५:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया