कोरोनाबाट ब्राजिलमा एकैदिन १५ सयको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको नयाँ स्ट्रेनको प्रकाेप डरलाग्दो बन्दै गएको छ ।

ब्राजिलमा​ यस सातामा मात्रै कोराना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च देखिएको छ । 

गत २४ घण्टाको अवधिमा ब्राजिल​मा कोरोनाको नयाँ स्ट्रेनको ​संक्रमणबाट १५ सय भन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिल​को स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार पाँचसय ५५ जनाको मृत्यु भएको छ । 

योसँगै ब्राजिलमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ६४ हजार तीनसय २५ पुगेको छ ।

आइतबार मात्रै कोरोना भाइरसका ६९ हजार ६ सय ९ जना नयाँ संक्रमित थपिएका छन् । यहाँ हालसम्म एक करोड ९ लाख ३८ हजार कोरोना भाइरसका संक्रमित पुगेका छन् ।



नयाँ स्ट्रेनको भाइरसको संक्रमण उच्च देखिएपछि यहाँको अवस्था निकै नाजुक बन्दै गएको छ । खबर अनुसार अस्पतालमा बिरामीले सहज रुपमा भ्याक्सिन पनि पाइरहेका छैनन् ।

गत बुधबार मात्रै ब्राजिलमा कोरोनाबाट १९ सय भन्दा धेरैको ज्यान गएको थियो । यो तथ्यांक महामारी आएपछिको सबैभन्दा बढी हो । 



  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १६:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया