सांसदहरुलाई नागरिक अगुवाहरुकोे खबरदारी (फोटोफिचर)

नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गरेका छन् । 

सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको ब्यानरमा आइतबार माइतीघरमण्डलादेखि बानेश्वरसम्म नागरिक अगुवाहरुले जुलुस निकालेका हुन् । 

जुलुसमा सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छ, लगायत प्लेकार्ड बोकेका थिए  ।

उनीहरुले सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजीसमेत गरेका थिए ।

लेखक तथा अभियन्ता खगेन्द्र संग्राैलाले उद्घोषण गरेको कार्यक्रममा विभिन्न वक्ता तथा कविहरुले मन्तव्य तथा कविता प्रस्तुत गरेका थिए । त्यसैगरी मार्चमा ‘आभा फर क्रियटिभिटी’ ले नाट्य प्रस्तुति दिएको थियो ।



सबै तस्बिर : कमल विष्ट/फरकधार



  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १९:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया