सर्वोच्च अदालतको फैसला निर्वाचन आयोगमा दर्ता

सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आइतबार गरेको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ । 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उक्त फैसला कार्यालय समयमा नै प्राप्त भएको बताएका छन् । उनका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको ०७५ जेठ २३ र ०७५ कात्तिक ९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आइतबार प्राप्त भएको हो । 

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतको आदेश एवं फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग मिल्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने यसअघिको निर्णय बदर भएको जानकारी कार्यालय समयमा नै प्राप्त भएको छ ।’





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १९:२९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया