एघार लाख रुपैयाँ घुस रकमसहित प्रहरी हवल्दार पक्राउ
सांकेतिक तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख रुपैयाँ घुस रकमसहित प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ । अख्तियारले हवल्दार तारा कुमारी श्रेष्ठलाई घुस वापत लिएको नगद रकमसहित नियन्त्रणमा लिएको हो । 

भन्सार चोरी निकासीको अभियोगमा हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाउनका लागि लिएको घुस रकमसहित हवल्दार श्रेष्ठ पक्राउ परेकी हुन् । उनीसँगै चाबहिलका एक क्याफेका सञ्चालक अनिश जोशी पनि पक्राउ परेका छन् । 

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत हवल्दार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो । 

आयोगको टंगालबाट खटिएको टोलीले श्रेष्ठ र जोशीलाई नगद ११ लाख रुपैयाँसहित हिजो साँझ नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । 

श्रेष्ठ र जोशी दुवैलाई अख्तियारको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार ८:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया