न्यूयोर्कमा भारतीय खानाको स्वाद पस्कँदै प्रियंका

बलिउड अभिनेत्री प्रियंका चोपडा रेष्टुँरा व्यवसायी बन्ने भएकी छन् । उनले न्यूयोर्कमा ‘सोना’ नामको रेष्टुराँ सञ्चालन गर्ने भएकी छन् । 

उनको रेष्टुराँमा भारतीय खाना ‘सर्भ’ हुनेछ । न्यूयोर्कमा सुरु हुन लागेको आफ्नो रेष्टुराँका बारेमा प्रियंकाले इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् ।

‘सोना’ रेष्टुराँको सुरुवातमा प्रियंका र उनका श्रीमान निक जोनसले पूजा गरेको छन् । रेष्टुराँको इन्टेरिअर डिजाइन, मेनु, संगीत र नाम सबै प्रियंका आफैंले छनोट गरेकी हुन् । 

उनले रेष्टुराँ सञ्चालनसँगै आफूलाई खुसी लागेको बताउँदै लेखेकी छन् ‘म न्यूयोर्क सडकमा भारतीय खानाको स्वाद पस्कँदैछु ।’

प्रियंकाको सोना यो महिनाको अन्तिमदेखि सञ्चालनमा आउने छ । प्रियंकाले आफ्नो रेष्टुराँमा आफ्ना प्रशंसकलाई भेट्न आतुर रहेको उल्लेख गरेकी छन् ।





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १२:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया