म कुन पार्टीको सदस्य, कुन पार्टीको प्रधानमन्त्री? सर्वोच्चमा सोध्‍नू : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबारे प्रश्न गर्नेहरुलाई सर्वोच्च अदालतमा गएर सोध्न भनेका छन्। १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो भनेका हुन्।

उनले दाहाल-नेपालतिर लक्षित गर्दै केही मानिसहरु अर्जुनले माछाको आँखा देखे जस्तै पदका लागि मरिहत्ते गरेको बताए। 'केही मान्छेहरु छन्, अर्जुनले माछाको आँखा देखेको जस्तै पद, पैसा, पावर मात्र देख्‍ने खालका छन्,' उनले भने, 'मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको भनेर?'

ओलीले आफूलाई साविककै एमालेबाट निर्वाचित प्रधानमन्त्री भनिसकेको पनि बताए। 'अदालतले भन्यो म कुन पार्टीको सदस्य हो भनेर, कुन पार्टीको प्रधानमन्त्री हो भनेर', उनले भने, 'देख्न, सुन्न सक्नुपर्यो नि ! देख्नै नसक्ने, सुन्नै नसक्ने आँखा, कान भएर के गर्ने?'

ओलीले आफ्नो वैधानिकताबारे सोध्नेलाई अदालत जान चुनौती दिए। 'हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको जानकारी पाऊँ भन्न थाले छन्। यो कुरा सर्वोच्च अदालतलाई सोध्न जानू,' उनले भने, 'उनीहरुलाई पनि मैले सोध्न सक्छु, उनीहरुको पार्टी कुन हो? उनीहरुको दलीय हैसियत के हो? 





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १४:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया