ओलीलाई विप्लवको प्रश्न : कुमार पौडेललाई समातेर कन्चटमा गोली हान्नु सत्य हो?

भर्खरै भूमिगत राजनीतिबाट खुला राजनीतिमा फर्किएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी ओलीले भन्दै आएको 'सत्यसँग लड्दिनँ शक्तिसँग झुक्दिनँ' नारामाथि प्रश्न उठाएका छन्। 

आफ्नै गाउँ कपिलवस्तुको शिवगढीमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले ओलीको नीतिमाथि प्रश्न उठाएका हुन्। 'हो हामीलाई थाहा छ, न्यायका लागि संघर्ष गर्न डराउनु हुँदैन। केपी ओलीले भनेको ठीकै हो, 'सत्यसँग लड्दिनँ, शक्तिसँग झुक्दिनँ' तर के हाम्रा कार्यकर्तालाई पक्राउ गर्दै गोली हान्दै मार्नु सत्य हो?'

उनले आफूहरुमाथि ओली सरकारले लगाएको प्रतिबन्धमाथि पनि प्रश्न उठाएका छन्। 'के हामीलाई लगाइएको प्रतिबन्ध सत्य थियो? कुमार पौडेललाई गोली हान्ने कुरा सत्य थियो? हाम्रा कार्यकर्ता पक्राउ गर्नु सत्य थियो?', उनले सोधे, 'बाटो ढुकेर हाम्रा कार्यकर्तालाई समातेर कन्चटमा गोली हानेर मार्नु सत्य हो? हाम्रा थुप्रै कार्यकर्तालाई झुटो मुद्दामा जेल हालिएको छ, त्यो सत्य हो?'

विप्लव फागुन २१ मा सार्वजनिक भएपछि दुई दिन काठमाडौंमा बसेर आफ्नो गृहजिल्ला कपिलवस्तु पुगेका छन्। चितवनमा आफ्ना दाजु वीरगन्जलाई जेलमा भेटेपछि उनी कपिलवस्तु पुगेर सभालाई सम्बोधन गरेका हुन्। 





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १७:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया