प्रधानमन्त्री कप महिला भलिबल : विभागीय डर्बीमा पुलिसको जित

सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल अन्तर्गत सोमबारको विभागीय  डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

नेपालगञ्ज रंगशालाको कभर्ड हलमा भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको हो । 

पहिलो सेट २५–१५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१८, निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २७–२५ र चौथो सेट २५–२३ ले जित्दै पुलिसले खेल आफ्नो पक्षमा पर्‍यो । 
प्रतियोगितामा लगातार तेस्रो जित निकालेको पुलिसले पहिलो खेलमा न्यु डायमन्ड एकेडेमीलाई ३–२ तथा दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको थियो । 

पहिलो खेलमा लुम्बिनीलाई ३–० को सोझो सेटमा हराएको आर्मी दोस्रो खेलमा नेपाल एपिएफ तथा तेस्रो खेलमा न्यु डायमन्ड एकेडेमीसँग समान ३–१ को सेटमा पराजित भएको थियो ।





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १७:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया