'प्रचण्ड उभिँदा देश हल्लिन्थ्यो, हामीले छाडेको २० महिनामै धुलोपिठो भए'

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहालको राजनीतिक अस्तित्व सिद्धिएको बताएका छन्। आफ्नै गाउँ कपिलवस्तुको शिवगढीमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले राजनीतिक रुपमा प्रचण्डको औचित्य अब सकिएको बताएका हुन्। 

विप्लवले आफ्नो पार्टीका एकजना नेतालाई बोलाएर २० वर्ष आफूलाई कसैले हल्लाउन नसक्ने भन्दै धम्की दिएको पनि उनले खुलासा गरे। 'प्रचण्ड कमरेडले हाम्रा एकजना नेतालाई बोलाएर २० वर्ष म केही हुन्‍न, मलाई कसैले हल्लाउन सक्दैन भनेछन्', विप्लवले अगाडि भने, 'तर हामीले छाडेको २० महिनामै प्रचण्ड त धुलोपिठो भए नि!'

प्रचण्डको एक अपीलमा हजारौँ युवा मर्न तयार भएको उनले स्मरण गरे। 'प्रचण्ड उभिँदा देश हल्लिन्थ्यो। प्रचण्डको एक अपीलमा हजारौँ युवा युवती सहिद हुन तयार हुन्थे', उनले भने, 'तर अहिले उनको हैसियत माधव नेपालबिना कमण्डलु बोक्ने भएको छ।'

विप्लवले प्रचण्डले माधव नेपाल नभए आफू कमण्डलु बोक्ने भइ सक्थेँ भनेको स्मरण गर्दै उक्त दाबी गरेका हुन्। 'माधव नेपाल नभएको भए त म कमण्डलु बोक्ने जोगी भइसक्थेँ भनेर प्रचण्डजीले भन्नु भएछ', उनले भने, 'आफ्ना सहिद परिवार छाड्ने, बेपत्ता परिवारलाई छाड्ने, किसान मजदुरको झुपडी बिर्सिने अनि अनि माधव नभए त जोगी हुन्थेँ भन्‍ने? यो प्रचण्ड सिद्धिएको हो कि होइन?'





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १७:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया