पेरिस डाँडामा झलनाथ खनालले भने : अब एमाले अलग, माओवादी अलग

नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले अब नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हिँड्ने बताएका छन्। पेरिसडाँडामा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले यसो भनेका हुन्।

बैठकमा के भयो? के के कुरा राख्नु भयो? निर्णय केही भयो कि भएन? पत्रकारहरुको यो जिज्ञासामा झलनाथले भने, 'अब एमाले अलग, माओवादी अलग।'

अर्कातिर पेरिस डाँडामा भएको प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकबाटै बाहिरिँदै नेता रघुजी पन्तले  पार्टी एकता बचाउने दिशामै कुरा भएको बताएका थिए।

‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौं भनेर मैले कुरा राखेँ', पन्तले भने, 'अदालतको फैसला आए पनि एकतालाई अघि बढाउने सम्भावना छ भने अध्यक्ष कमरेड प्रचण्ड र ओलीजीले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्छ।’

बैठकबाट नेताहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल र झलनाथ खनालहरू बाहिरिएका छन्। तर पेरिस डाँडामा अझै स्थायी कमिटी बैठक जारी छ। 





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १८:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया