मुख्यमन्त्री पौडेलले लगाए कोरोना खोप

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् सोमबार बिहान मुख्यमन्त्री पौडेलले हेटौंडाको हेटौंडा अस्पताल खोप केन्द्रमा खोप लगाएका हुन् । मुख्यमन्त्री पौडेलले खोप पूर्णरूपमा सुरक्षित रहेको विश्व स्वास्थ्य संगठनले जनाएकाले सबैलाई ढुक्क भएर लगाउन आग्रह समेत गरे । उनले सरकारले तोकेको उमेर समूह एवं लक्षित नागरिकहरूले प्रोटोकल अनुसार नजिकको खोप केन्द्रमा  लगाउनु पर्ने बताएका थिए । 

खोप लगाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै पौडेलले लेखेका छन्, ‘खोप लगाए पनि सामाजिक दूरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न विज्ञहरूको सुझाव रहेकाले सोही अनुसार गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’

मुख्यमन्त्री पौडेलका अनुसार बागमती प्रदेशमा रहेका ५०६ वटा खोप केन्द्रबाट दैनिक खोप लगाउने काम भइरहेको छ । उक्त केन्द्रहरूबाट कोभिड विरुद्धको दोस्रो खोप अभियान अन्तर्गत आइतबार मात्रै ३१ हजार ४१७ जनाले खोप लगाएका थिए ।





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १८:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया