क्यानलाई ललितपुर महानगरको २० लाख सहयोग


आगामी चैतमा हुने ललितपुर मेयर कप महिला टि–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक कार्यक्रमबीच मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यही अवसरमा महानगरले क्यानका अध्यक्ष चन्दलाई २० लाखको चेक हस्तान्तरण गरेको थियो । 

ललितपुर मेयरकपमा गत पुसमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्रीकप राष्ट्रिय महिला टि–२० प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका चार टोली– प्रदेश–१, नेपाल एपिएफ क्लब, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित ललितपुर महानगरको एक टोलीको सहभागिता रहनेछ ।

सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने बताइएको छ ।





  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १६:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया