कांग्रेसका नेता जोशी पुनः भेन्टिलेटरमा

मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीलाई शनिबारदेखि पुनः भेन्टिलेटरमा राखिएको छ ।

जोशीको उपचारमा संलग्न डा. राजीव झाका अनुसार भेन्टिलेटरबाट निकालेको २४ घण्टा पछि पुनः शनिवार बिहान एक्कासि समस्या भएपछि फेरि भेन्टिलेटरमा राखिएको हो । 

यसअघि श्‍वासप्रश्‍वास सामान्य बन्दै गएपछि भेन्टिलेटर हटाइएको थियो । डा. झाले जोशीको पछिल्लो स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताएका छन् । 

अहिलेसम्म उनको होस भने आएको छैन । उनलाई यही फागुन १४ गते राति मस्तिष्काघात भएपछि सुरुमा वीर अस्पताल र पछि नर्भिक अस्पताल पुर्याइएको थियो । 





  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १६:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया