आगामी ०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन आयोजक समिति गठन गरेको छ।
उक्त महाधिवेशन सम्पन्न गर्न पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरिएको राप्रपाले जनाएको छ।
आयोजक समितिको सदस्य सचिवमा सचिवालय प्रमुखद्वय, कोषाध्यक्षमा कोषाध्यक्षद्वय र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु सदस्य रहेको आयोजक समिति गठन गरिएको राप्रपाले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।