राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ २६ गतेदेखि हुने परीक्षाको तालिका सार्वजनिक भएको हो ।
यसअघि बोर्डको हिजो मंगलबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको थियो ।
परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार गोरखापत्रमा कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरेको छ ।
जेठ २६ गतेदेखि हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।