भागरथी हत्याका अभियुक्त दिनेशलाई बाल सुधारगृह पठाउन अदालतको आदेश

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ ।
 
जिल्ला अदालत बैतडीका न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो । दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्टको हत्याको अभियुक्त उनलाई आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ ।

अदालतको आदेशअनुसार अभियुक्तलाई बाल सुधारगृह दिपायल पठाइएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । अभियुक्त भट्टलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो । उनले प्रहरी समक्ष पनि आफूले नै बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकारेका थिए ।

विद्यालयबाट घर फर्कने क्रममा गत माघ २१ गते भट्टको बलात्कारपछि हत्या भएको थियो । बेपत्ता भएकी भट्टको माघ २२ गते घर नजिकैको जंगलमा शव फेला परेको थियो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटनाको झल्को दिनेगरी भएको सो घटनाको अनुसन्धान सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनास्थलमा खटिएर गरेका थिए । 





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार ९:२६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया