दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा नाजिर हुसेनले अभिनय गर्ने भएका छन् । नाजिर अघि यो चलचित्रमा दीपिका प्रसाई र मुम्बईका कलाकार रोहित सुचान्तीले अभिनय गर्ने पक्का भैसकेको छ ।
केही दिनअघि मात्रै चलचित्रमा जोडिएका नाजिरले चलचित्रको शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् । ओम नम: शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि अभिनेता पल शाह र निराजन प्रधानको नाम पनि चर्चामा थियो ।
लकडाउनपछि म्युजिक भिडियोमा छाएका नाजिर चलचित्रमा अनुबन्धित भएका हुन् । केही समयअघि मात्रै नाजिरले चलचित्र ‘चिलगाडी’मा साइन गरेका थिए ।
तिमीसँगै हुने मन छ मा चलचित्रमा भारतीय प्राविधिकहरूले काम गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।