नेपालमा १०४ जना कोरोना संक्रमित थपिए, मृत्यु शून्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १०४ जना कोरोना संक्रमित थपिएका छन् । तीन हजार चार सय ८८ जनाको पिसिआर परीक्षण गर्दा एक सय चार जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयकाअनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ११ रहेको छ । 

पछिल्लो २४ घण्टामा ६३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ । 

हालसम्म कोरोनाको कारण ३ हजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल ५५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २१ लाख ३ हजार ४३८ जनाको पिसिआर परीक्षण गरिएको छ ।





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १६:४५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया