मेलम्चीको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडियो
फरकधार / २६ फागुन, २०७७
यो सामग्री सेयर गर्नुहोस्

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणपछि सुन्दरीजलमा आइपुगेको पानी पानी बुधबार बागमतीमा छाडिएको छ। महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शन गर्न आउने तीर्थालुलाई लक्षित गर्दै मेलम्चीको पानी सुन्दरीजलबाट  बागमती नदीमा छाडिएको हो। 



मेलम्ची खानेपानी विकास समितिले बुधबार दिउँसो १ बजेदेखि मेलम्चीको पानी बागमतीमा छाडेको हो। २२ फागुनमा सुन्दरीजलमा झरेको मेलम्चीको पानीलाई समय समयमा बागमतीमा बगाउने योजना सरकारले बनाएको छ। त्यही अनुसार मेलम्चीको पानीलाई बागमतीमा छाडिएको हो। 



साढे २६ किलोमिटर लामो सुरुङमा पानी भरिएर सफल परीक्षणपछि उक्त पानी बागमतीमा छोड्न लागिएको हो । यो सफल परीक्षणपछि अब तीन महिनाभित्र काठमाडौँबासीलाई मेलम्चीको पानी उपलब्ध गराइने खानेपानी मन्त्री मणि थापाले बताएका छन्। 



सुरुङमा पानी पठाउने काम सफल भएपछि सुन्दरीजलमा आइपुगेको फोहोर मिसिएको पानी बागमतीमा छाडिएको हो। बागमतीमा छोडेपछि दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइनेछ। उक्त पानी त्यहाँबाट उपत्यकाबासीको धारामा जानेछ। 



मेलम्चीको पानी सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रबाट वितरण प्रणालीमा पठाइने भएको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ। 





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १७:५२:५७,   अन्तिम अपडेट : फागुन २६, २०७७ बुधबार १७:५४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया