अमेरिकन रेस्क्यू प्लान : कम आय भएकालाई करिब २ ट्रिलियन डलरको राहत प्याकेज

अमेरिकी जनताले अमेरिकन रेस्क्यू प्लान अन्तर्गत फेरि सरकारको आर्थिक सहयोग पाउने भएका छन् । अमेरिकाको दुवै सदनले राष्ट्रपति जो बाइडेनको रेस्क्यू प्लानलाई पास गरेसँगै अमेरिकी जनताले राहत पाउने भएका हुन् । 

दुवै सदनबाट पास भएको उक्त विधेयकमा अब राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि कार्यान्वयनमा जानेछ । जसअनुसार वार्षिक ८० हजार डलरभन्दा कम आय भएका सबै अमेरिकी नागरिकलाई १४ डलर आर्थिक सहयोग प्रदान गरिनेछ । 

राष्ट्रपतिको निर्वाचनकै समयमा बाइडेनले जनताका लागि उक्त राहत प्याकेजको घोषणा गरेका थिए । अब अमेरिकी कंग्रेसको दुवै सदनले पारित गरेसँगै बाइडेनको बाचा पूरा हुने अवस्थामा रहेको छ । 

बाइडेन प्रशासनले यो महिनाभित्रै जनतामा राहत रकम पुर्याउने जनाएको छ । शुक्रबार बाइडेनले विधेयकमा प्रमाणित हस्ताक्षर गरेपछि लागु हुने र यो महिनाभित्र जनतामा पुर्याउने तयारी अमेरिकी प्रशासनको तयारी छ । 

जम्मा १ दशमलव ९ ट्रिलियन डलर बराबरको राहत प्याकेजमा रिपब्लिकन सांसदहरुले भने विरोध गरेका छन् । दुवै सदनमा उनीहरुले विपक्षमा मतदान गरेका थिए । तर, अमेरिकी जनताले भने बाइडेनको उक्त प्याकेजको स्वागत गरेका छन् । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले संकटमा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि अमेरिकी सरकारले यसअघि पनि राहत प्याकेज ल्याइसकेको छ । जसअनुसार प्रत्येक अमेरिकी नागरिकले १२ सय डलर नगद राहत पाएका थिए । 





  • प्रकाशित मिति : फागुन २७, २०७७ बिहीबार ९:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया