फेरि हिंसामा जाने कुरा मैले गरेको होइन : प्रचण्ड
'देशमा ठूलो षड्यन्त्र भइरहेको छ'
फरकधार / २८ फागुन, २०७७
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले फेरि हिंसामा जाने कुरा नगरेको बताएका छन् । दलित पत्रकार संघको केन्द्रीय अधिवेशनलाई बुटवलमा उद्घाटन गर्दै प्रचण्डले आफूले हिंसामा जाने कुरा नगरेको प्रष्ट पारेका छन् । 

फेरि एउटा क्रान्तिको पक्षमा आफू रहेको भएपनि अब हिंसाको बाटोबाट नभएर शान्ति र समाजका लागि नयाँ क्रान्तिको आवश्यकता रहेको प्रचण्डले बताए । अब आफ्नो नेतृत्वमा शान्तिपूर्ण क्रान्ति एकपटक फेरि गर्ने उनले बताए । 

देशमा पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रमले राष्ट्रका विरुद्ध ठूलो षडयन्त्रको आभास भएको प्रचण्डले बताएका छन् । उनले नेकपाको एकीकरण विघटनको घटनाले पनि त्यसको पुष्टि हुने बताए । 

प्रचण्डले भने, 'जन्मिसकेको बच्चालाई फेरि आमाको कोखमा लगिदिने जस्तो अनौठो घटना देखिन थालेको छ । यो कस्तो अनौठो घटना हो ? उक्त फैसला राजनीतिक षडयन्त्रको उपज भएको प्रचण्डको निष्कर्ष छ ।' 

प्रचण्डले कार्यक्रममा बोल्दै अब माओवादी केन्द्र पुनर्गठन गर्दा गुणात्मक रुपमा दलितहरुलाई स्थान दिने बताएका छन् । 'महासचिव नै त भन्न सक्दिनँ । तर, अबको पार्टीको पुनर्गठनमा गुणात्मक रुपमा सहभागिता गराउने छु', प्रचण्डले भने । 

  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १२:३६:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया