सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन पुल्चोकमा नागरिक मार्च

बृहत् नागरिक आन्दोलनले आफ्नो अभियानमा मातृभाषाको विषयलाई मुद्दा बनाएको छ । आन्दोलनले सबै मातृभाषाहरु सरकारी कामकाजको भाषा हुनुपर्ने माग राख्दै प्रदर्शन सुरु गरेको छ । 

भाषामाथि भएको दमन विरुद्ध प्रदर्शनमा उत्रिएको बृहत् नागरिक आन्दोलनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनका लागि भन्दै ललितपुरको पुल्चोकदेखि पाटन ढोकासम्म नागरिक मार्च गरेको छ । 

पुल्चोकदेखि मार्च सुरु भएको छ । नागरिक मार्चमा नागरिक आन्दोलनमा सहभागीहरुकै सहभागिता रहेको छ ।



यसअघि, बालाजु क्षेत्रमा सडक विस्तारको मारमा परेकाहरु पनि मार्चमा सहभागी छन् । 



बालाजु बाइपास सडक विस्तारको विरोधमा रहेका स्थानीयलाई विरोधका क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठ रहेका थिए । 

पक्राउ परेका व्यक्तिहरुलाई भेट्नका लागि गएका सुमन सायमी लगायतलाई प्रहरीले नेवारी भाषामा कुरा गरेको भन्दै पक्राउ गरेको थियो । सायमीले हिरासतमा रहेका व्यक्तिसँग नेवारी भाषामा कुरा गरेका थिए । उनीहरुलाई एक सातापछि सर्वोच्च अदालतको आदेशमा रिहा गरिएको थियो । 

  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १५:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया