पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ । समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बसेको हो । 

पार्टीको केन्द्रीय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागी भएर बसेका तर पार्टी ब्यूँतिएपछि नफर्किएका नेताहरुलाई कारबाहीको विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । 

सर्वोच्च अदालतले एकीकरण खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइ दिएपछि दुई पार्टी अलग-अलग भएका छन् । यससँगै नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेका नेताहरु पूर्वएमाले मै बसेका छन् । 

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरीसहितका नेताहरु ओलीसँगै बसेका छन् । उनीहरु सहित २३ जनालाई हिजो बालुवाटारमा बैठक बसेर ओलीले एमालेको केन्द्रीय सदस्य बनाउँदै विभिन्न जिम्मेवारी दिएका छन् । 

सोही नेताहरुलाई औपचारिक रुपमा पार्टीबाट हटाउन र सरकारलाई दिएको समर्थनको विषयमा निर्णय गर्न माओवादीको स्थायी समितिको बैठक बसेको हो । 





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १०:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया