काठमाडौं मेयर कपका सर्वोकृष्ट खेलाडी दीपेन्द्र

काठमाडौं मेयर कपमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दीपेन्द्रसिंह ऐरी सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । 

उनले पाँच खेलमा १ शतकसहित १७६ रन प्रहार गर्दा ८ विकेट पनि हात पारेका थिए । समूह चरणमा नेपाल एपिएफ क्लबविरुद्ध १४० रन प्रहार गर्नु उनको उत्कृष्ट प्रदर्शन हो ।

उत्कृष्ट बलर बागमती प्रदेशका अरियो पौडेल घोषित भए । उनले ४ खेलबाट १३ विकेट लिएका थिए । समूह चरणमा आर्मीविरुद्ध ४५ रन खर्चिएर ५ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो ।

उत्कृष्ट ब्याट्सम्यान त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी चुनिएका छन् । उनले प्रतियोगिताका ४ खेलमा १ शतकसहित १८४ रन प्रहार गरेका थिए । समूह चरणमा बागमतीविरुद्ध ११९ रन प्रहार गर्नु उनको उत्कृष्ट प्रदर्शन हो । 

प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५० हजार प्राप्त गर्दा उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही २५ हजार पाए ।





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १५:२२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया