बादल औपचारिक रुपमा एमाले, च्यासल पुगेर सम्हाले जिम्मेवारी

दश वर्षसम्म एकसाथ जनयुद्ध लडेका पुष्पकमल दाहाल प्रचण्डसहित पूर्व माओवादी समूहलाई छाडेका नेता रामबहादुर थापा बादलले शनिबारदेखि औपचारिक रुपमा नेकपा एमालेको जिम्मेवारी सम्हालेका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको केपी ओली समूहमा लागेका गृहमन्त्री बादलले च्यासल पुगेर बागमती प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेका हुन्। 

थापालाई शुक्रबार बालुवाटारमा बसेको पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठकले बागमती प्रदेश इन्चार्ज बनाएको थियो। उनीसहित माओवादीबाट आएका २३ जना नेतालाई बालुवाटार बैठकले केन्द्रीय कमिटीमा मनोनयन गरेर जिम्मेवारी दिइसकेको छ। 

गृहमन्त्री थापाले शनिबार नेकपा एमाले बागमती प्रदेश कार्यालय च्यासल पुगेर औपचारिक कार्यभार सम्हालेको प्रदेशका अध्यक्ष आनन्द पोखरेलले बताए। बादललाई पोखरेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितले स्वागत गरेका थिए। 


 





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १६:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया