रामचन्द्रको गुनासो : राष्ट्र हाँक्ने अवसर आउँदा, कांग्रेस आफैं अलपत्र पर्‍यो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रको नेतृत्व गर्ने मौका आएका बेला पार्टी नै अलपत्र परेको गुनासो गरेका छन्। 

 नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

कांग्रेसको १४ औँ महाधिवेशन समयमा नगर्दा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर भएको टिप्पणी गरे । वरिष्ठ नेता पौडेलले नेपाली राजनीतिका विकृतिबाट देशलाई जतिसक्दो चाँडो मुक्त गर्नुपर्ने पनि बताए।

‘अहिले महाधिवेशन गरेको भए कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने राम्रो मौका आएको थियो', उनले भने, 'आज कांग्रेस आफैं अधिवेशनविहीन अवस्थामा छ। अलपत्र पारिएको छ, यो दुःखद् छ।'

अहिलेको विकसित राजनीतिक परिस्थितिमा कांग्रेसको काँधमा महत्वपूर्ण अभिभारा आएको उनले उल्लेख गरे। 

'संसदीय प्रक्रियाबाटै राष्ट्रलाई निकास दिइनेछ', उनले भने, 'सत्ता साझेदारीका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच छलफल चलिरहेको छ।'





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १७:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया