दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलाको लेकम गाउँपालिका ६ गणेत भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का ३० वर्षीय अशोक खत्री रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।

शनिबार गोकुलेश्वरबाट रिठाचौपताका लागि छुटेको  सु.प.प्र ०१००२ त ४८३५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक चन्दले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १८:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया