संकटा १–० ले विजयी

हेटौंडामा जारी ‘स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को खेलमा संकटा विजयी भएको छ । शनिबार भएको खेलमा संकटाले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै नतिजा पक्षमा पारेको हो ।

पुलिस क्लबले खेलमा दबाब कायम राखे तापनि स्कोर भने निकाल्न नसक्दा खेलको नतिजा संकटाको पक्षमा आएको हो । खेलको ३१ औं मिनेटमा विदेशी खेलाडी एको लुइच क्लेले गरेको गोल नै संकटाको विजयका लागि पर्याप्त बन्यो । पुलिसले गरेको दुई प्रहारमध्ये एउटा संकटाका गोलरक्षकले बचाएका थिए भने एउटा बारमा लागेको थियो ।

खेलपछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीहरूले राम्रो प्रदर्शन गरे तापनि स्कोर गर्ने खेलाडी नहुँदा समस्या भएको बताए । नियमित खेल्ने ८ जना खेलाडी अहिले टिममा नहुँदा टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको उनले बताए ।

यस्तै संकटा क्लबका टिम म्यानेजर राजेश तुलाधरले खेलाडीहरूको प्रदर्शनमा चित्त बुझाउने अवस्था नरहे तापनि स्कोर आफ्नो पक्षमा आएको बताए । उनले आगामी खेलमा डिफेन्समा देखिएका गल्तीहरू सुधार गर्ने बताएका थिए । एक वर्षपछि टिमले प्रतियोगितामा भाग लिएको भन्दै उनले विस्तारै टिम खेल  ‘कमब्याक’ हुने बताए ।





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १९:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया