‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट डा. लम्साल सम्मानित

‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा. नवराज लम्साल सम्मानित भएका छन् ।

२०५९ देखि महालक्ष्मी विकास बैंक र साहित्य समाजले प्रदान गर्दै आएको यो पुरस्कारबाट २०७७ मा महाकाव्यकार लम्साल सम्मानित भएका हुन् ।

पाटन उच्च अदालत हेटौंडा इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले लम्साललाई ५१ हजार रुपियाँ राशिले सम्मानित गरे ।

धादिङमा जन्मिएका लम्साल लामो समयदेखि काठमाडौं रहेर साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन् । रेडियो नेपालका समाचार प्रमुखसमेत रहेका लम्सालका कर्ण र धरा दुईवटा महाकाव्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल जस्ता कविता संग्रह, धुनभित्र धुनबाहिर गीति संग्रह प्रकाशित छन् ।

यसैगरी कार्यक्रमको अवसरमा मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७६ बाट मकवानपुरे कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ बाट इतिहासकार केदारप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । सोही अवसरमा कवि दिनेश शर्माद्वारा लिखित कविता संग्रह एउटा मृत्यु यो पनि को विमोचन गरिएको थियो ।





  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १९:२०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया