स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र लेभान्टेले जित निकालेका छन् । गएराति भएका खेलमा रियल र लेभान्टे विजयी भएका हुन् ।
गएराति भएको खेलमा रियलले इल्चेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा करिम बेन्जिमा चम्किएपछि रियलले पुनरागमन जित निकालेको हो ।
खेलको ६१औँ मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए । तर, खेलको ७३औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।
🏁 FP: @realmadrid 2-1 @elchecf
— Real Madrid C.F. (@realmadrid) March 13, 2021
⚽ @Benzema 73', 90'+1'; Dani Calvo 61'#Emirates | #HalaMadrid pic.twitter.com/SDN5xAji0T
खेलको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए । जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २७ खेलमा ५७ अंक जोडेको छ । पराजित इल्चे २४ अंक जोडेर १७औँ स्थानमा रहेको छ ।
यस्तै, लेभान्टेले भ्यालेन्सियालाई १-० गोलअन्तरले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा पाहुना टोलीका लागि रोगर मार्टीले खेलको १८औँ मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त बन्यो ।
We are LEVANTE UD 💙❤️ pic.twitter.com/UQTMGxU6KK
— Levante UD 🇬🇧🇺🇸 (@LevanteUDen) March 12, 2021
जितसँगै लेभान्टै २७ खेलबाट ३५ अंक बटुल्दै तालिकाको ८औँ स्थानमा रहेको छ । समान खेलबबाट ३० अंक बटुलेको भ्यालेन्सिया १२औँ स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।