अबकाे सत्ता समीकरण : कांग्रेस, माओवादी र जसपाको संयुक्त बैठक बस्दै

सरकारले गरेको संसद विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने धेरैलाई विश्वास थियो । तर, ओलीले राजीनामा दिनुको सट्टामा अविश्वासको मतको सामना गर्ने बताएपछि अब नयाँ सत्ता समीकरण जटिल देखिएको छ । 

अझ अदालतले सत्तारुढ नेकपाको एकीकरण खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई पनि ब्यूँताइ दिएपछि समीकरण जटिल बनेको हो । ओलीले नछाड्ने र अरुले हटाउन मुस्किल देखिएपछि नयाँ समीकरण जटिल बनेको हो ।

यही परिदृश्यमा आज संसदमा रहेका एमालेबाहेकका दलहरुको संयुक्त बैठक बस्ने भएको छ । नयाँ सत्ता समीकरण बनाउनका लागि आज प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच संयुक्त बैठक हुन लागेको हो । 

बैठकका लागि समय र स्थान तय भइसकेको नभएपनि आजै बैठक बस्ने जसपाका एक नेताले बताए । आजको बैठकले नयाँ समीकरण निर्माणको बाटो खोल्ने र भावी प्रधानमन्त्रीको सहमति गर्नसक्ने ती नेताले बताए । 

संसदको पहिलो दल एमालेलाई सत्ता जोगाउन एउटा पार्टीको समर्थन भए पुग्छ । जसका लागि ओलीले जसपासँगै सहकार्यको लागि प्रस्ताव गरिसकेका छन् । तर, अ‍ोलीलाई हटाउन बाँकी ३ दल एकैठाउँमा हुनुपर्ने अवस्था छ । 





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १०:७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया