बैठकपछि रघु पन्तले भने : अडानमा कायम छौँ तर वार्ता सकारात्मक

नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच धुम्बाराहीमा भएको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन्।

करिब एक घण्टा लामो बैठकपछि बाहिरिएका उनले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'वार्ता सकारात्मक भएको छ। तर दुवै पक्ष अडानमै कायम छौँ।'

उनले आजको वार्ताले थप छलफलको ढोका खोलिदिएको बताए। 'आज कुरा सकारात्मक रुपमा अघि बढेको छ। अर्को पटक पनि वार्ता बस्ने अवस्था बनेको छ', उनले भने, 'पहिलो बैठकले केही सकारात्मक संकेत गरेको छ। त यो त सुरुवात मात्रै हो।'

नेता पन्त माधवकुमार नेपाल पक्षबाट वार्तामा सहभागी थिए। वार्तामा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसहित दुवै पक्षका आधा दर्जन बढी नेताहरु सहभागी थिए। 





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १३:४६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया