ग्रिनलाइफ हाइड्रोपावरको सेयर दोस्रो बजारमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्रिनलाइफ हाइड्रोपावर (GLH) को सेयर सोमबार सूचीकृत भएको छ । कम्पनीको १ करोड ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यसअनुसार मंगलबारदेखि कम्पनीको सेयर कारोबार दोस्रो बजारका लागि खुला गरिने नेप्सेले जनाएको छ । 

कम्पनीको सेयरलाई जिएलएच कारोबार संकेत पाएको छ । नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेञ्ज निर्धारण गरेको छ ।

ग्रिनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी सेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीका लागि बाँडफाँट गरिएको छ । यसरी, बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका सेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १६:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया