सुरेन्द्र पाण्डेको आरोप : ‌ओलीले नेकपा फुटाए, अब एमाले पनि फुटाउँदैछन्

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै कारवाही हुनुपर्ने बताएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोलि र पर्सि काठमाडौंमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन्।

'कार्यकर्ता भेलामा जानेलाई प्रधानमन्त्रीले कारवाही गर्ने कुरा हाँस्यास्पद हो। उहाँ आफैँले बालुवाटारमा गुट भेला गरेर गलत गर्नुभयो। नेकपा एमालेको विधानले त्यसलाई मान्यता दिँदैन। अदालतले एमालेलाई ब्यूँताइदिएर २०७५ जेठ २ मा पुर्‍याएको छ। त्यसलाई भुलेर अन्य गतिविधि गर्नु गलत हो। ती काम कारवाही योग्य छन्', उनले भने, 'आफैँ गलत रुपमा उभिएको प्रधानमन्त्रीले कारवाही गर्छु भन्नु गलत हो। अध्यक्ष चाहिँ त्यसबाट मुक्त हुँदैनन्, कारवाहीको कुरा अनावश्यक रुपमा तर्साउने कुरा मात्रै हो।'

उनले प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउन लागेको आरोप लगाए। 'हामीलाई एमाले फुटाउन लागेको भन्ने प्रधानमन्त्री आफैँले पार्टी विभाजनको आरम्भ ओलीले नै गरेको हो', उनले भने, 'पुराना काम कारवाही मान्य हुन्छ भनेर विभाजन थालेका हुन्। ओलीले पहिले नेकपालाई छिन्नभिन्न बनाए, अब एमाले पनि छिन्नभिन्न गर्ने योजनामा लागेका छन्।' 





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १४:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया