ग्रामी अवार्डको सन् २०२१ को संस्करणमा गायिका टेरल स्विफ्ट, बियोन्से र मेगन थी स्टेरियजले इतिहास रचेका छन् । यी ३ गायिकाले फरक-फरक ३ रेकर्ड ब्रेक गर्दै आफ्नो इतिहास बनाएका हुन् ।
ग्रामी अवार्डको ६३ औँ संस्करणमा ३१ वर्षीया गायिका टेलरले ३ पटकसम्म उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गर्ने गायिकाको रेकर्ड बनाएकी छन् । उनले ‘फोल्कलोर’ एल्बमले यस वर्षको अवार्ड जितेको छ । यसअघि उनको ‘फिइरलेस’ र ‘१९८९’ एल्बमले उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गरिसकेका थिए ।
अर्की गायिका बियोन्सेले सबैभन्दा धेरै ग्रामी अवार्ड जित्ने गायिकाको रेकर्ड बनाएकी छन् । उनले यो संस्करणसहित २८ पटक ग्रामी अवार्ड जितेकी छन् । यसअघि यो रेकर्ड गायिका एलिसन क्राउसको नाममा थियो । यो पटक मात्रै बियोन्सेले ३ अवार्ड हात पारेकी छन् । बियोन्सेले ‘ब्लायक परेड’ का लागि उत्कृष्ट आर एन्ड बी पर्फोमेन्स, ‘ब्राउन स्किन गर्ल’ बाट उत्कृष्ट म्युजिक भिडियो र ‘सेवेज’ बाट उत्कृष्ट र्याप पर्फमेन्सको अवार्ड हात पारेकी हुन् ।
गायिका थप् स्टेलियनले भने प्रथम महिला र्यापरको रेकर्ड बनाएकी छन् । उनले उत्कृष्ट र्यापसहित २ विधामा अवार्ड जितेकी छन् ।
अवार्ड १४ मार्चमा लस एन्जलसस्थित कन्भेन्सन सेन्टरमा सम्पन्न भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।